बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ


बिर्तामोड । बिर्तामोडमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका- ४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा- ५ घर भई हाल बिर्तामोड- ३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् ।

प्रहरीका अनुसार बिर्तामोड- ४ स्थित पुरानो बिजुली अफिस छेउ स्थित भित्री सडक खण्डमा बिर्ता बजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक उमेशलाई ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम फेला परेकोले सोधपुछ गर्दा प्रतीक्षा  समेत संलग्न रहेको भनी खुलाएकोले निजको कोठाबाट समेत प्रतिबन्धित ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम गरी जम्मा ९ ग्राम २०० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

यता दुवै जनालाई अटो सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध जथाभावी नबोल्न मेडिकल सञ्चालक प्रसाईलाई महासंघको चेतावनी
नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाखबढी रकम फिर्ता गर्ने तयारी
बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा