भारत र चीनमा एकैसाथ आईफोन १४ उत्पादन सुरु गर्दै एप्पल


काठमाडौं । आईफोन १४ सिरिजकाे सार्वजनिक मिति नजिकिएसँगै एप्पलले उत्पादन सुरु गर्न थालेको छ । कम्पनीले भारत र चीनमा एकैपटक आईफोन १४ उत्पादन गर्ने तयारी गरिरहेको छ ।

एप्पलको भित्री जानकारीहरू सार्वजनिक गर्ने मिङ-ची कुओका अनुसार कम्पनीले नयाँ आईफोन १४ सिरिजमध्ये कम्तीमा एक माेडल भारतमा उत्पादन गरिनेछ ।  यदि यो कुरा सत्य हो भने, यो पहिलो पटक हुनेछ कि नयाँ पुस्ताको आईफोनको उत्पादन चीनसँगै अर्को देशमा एकैसाथ सुरु हुनेछ ।

कुओले उल्लेख गरेअनुसार सामान्य अवस्थामा चीनबाहिर नयाँ आईफोनको उत्पादन सुरु हुन केही महिना लाग्छ ।

उदाहरणका लागि, फक्सकनले यस वर्ष अप्रिलमा भारतमा आईफोन १३ एसेम्बल गर्न थाल्यो, जबकि ब्राजिलमा उत्पादन केही हप्तापछि सुरु भयो । अन्य देशमा आईफोन उत्पादनको उद्देश्य विश्वव्यापी माग पूरा गर्ने भन्दा पनि स्थानीय बजारहरूलाई सेवा दिनको लागि हो ।

उनका अनुसार भारत र सम्भावित रूपमा ब्राजिलमा पनि आईफोनको उत्पादन बढाएर, एप्पलले विस्तारै चीनमा आफ्नो निर्भरता कम गर्न सक्षम हुनेछ ।  हाल कम्पनीले आफ्ना उत्पादनको निर्माणका लागि चीनको विकल्पको रुपमा अन्य देशमा परीक्षण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अष्ट्रेलियामा फेसबुकले न्यूज फिड बन्द गर्‍यो
मोबाइलको प्याटर्न वा पासवर्ड बिर्सिदा काम लाग्ने टिप्स
सामाजिक सञ्जाललाई कस्दै सरकार, नेपालमा दर्ता अनिवार्य, कानून उलंघन गरे स्वतः रद्द
टेलिकमले शिक्षक तथा विद्यार्थीलाई यसरी दिँदैछ ५ जीबी डेटा र भ्वाइससहितको निःशुल्क सिम