झापामा कोरोनाबाट छोरा बितेको एक सातापछि बुबाको मृत्यु


झापा । भद्रपुर नगरपालिका-४ मन्त्रिबारीमा कोरोना भाइरस संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि संक्रमणबाटै बुबाको पनि मृत्यु भएको छ।

४८ वर्षीय छोराको गत वैशाख २८ मा मृत्यु भएको थियो। उनका ७६ वर्षीय बुवाको आज बिहान होम आइसोलेसनमै मृत्यु भएको हो।

परिवारका सदस्यलाई संक्रमण पुष्टि भएपछि ती वृद्धाको गत शुक्रबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए।

उनका छोराको मेची कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो। एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो।

त्यस परिवारका अधिकांश सदस्यलाई कोरोना पुष्टि भएपछि उनीहरू पनि होम आइसोलेसनमा बसेको जनाइएको छ।

थप तीनजनाको मृत्यु

यस्तै‚ मेचीनगरमा एक विद्युत् कर्मचारीको कोरोनाबाट मृत्यु भएको छ। मेचीनगर नगरपालिका-७ इँटाभट्टाका ३२ वर्षीय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नवीन बरालले जानकारी दिए। उनी मेचीनगर नगरपालिकाका अन्तर्गतको विद्युत् शाखामा कार्यरत कर्मचारी हुन्। यससँगै मेचीनगर मात्रै नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचाररत दुई महिलाको मंगलबार बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा दमक नगरपालिका-८ की ६२ वर्षीया महिला र बिर्तामोड नगरपालिका-४ की ४० वर्षीया महिला रहेको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए। जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७९ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने
एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए
ताप्लेजुङको दुर्गम गाउँ घुन्साका घरमा घरमा बिरामी, सरकार बेखबर
चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !