गाँजासहित बिर्तामोडका दास पक्राउ


बिर्तामोड । प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड वडा नं.४ बस्ने ५६ वर्षिय डमरु दास रहेका छन् ।

शुक्रबार दिउँसो ३.३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई आफ्नै घरमा २ केजी ३०० ग्राम गाँजा र नगद .२२ हजारसहित पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सप्तकोशीमा ‘हाई-अलर्ट’ , प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढायाे
इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु
हुलाकी मार्गको काम ढिलाइ हुँदा जनप्रतिनिधिले पोखे आक्रोश
अर्जुनधाराबाट ब्राउनसुगरसहित महिला पक्राउ