इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु


इलाम । इलाममा मृगौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो ।

हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ । निःशुल्क डाइलासिस सेवा सुरु भएसँगै पूर्वीपहाडका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलो सहयोग मिल्ने भएको छ ।

इलाम नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा साडे ४३ लाख रुपैयाँ खर्च गरेर तीन वटा मेसिन खरिद गरेपछि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ। इमेज खबरबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सप्तकोशीमा ‘हाई-अलर्ट’ , प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढायाे
गाँजासहित बिर्तामोडका दास पक्राउ
हुलाकी मार्गको काम ढिलाइ हुँदा जनप्रतिनिधिले पोखे आक्रोश
अर्जुनधाराबाट ब्राउनसुगरसहित महिला पक्राउ