राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने


झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्बार उठाउने भएको छ ।

पार्टीको जिल्ला कार्यसमिति बैठकले जिल्लाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको हो । यद्यपी उम्मेद्वारको तय भने सम्बन्धीत पालिकाको सिफारिसका आधारमा पछि गरिने सो पार्टीका जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।

ईटहरीमा साउन ३० गते हुने प्रदेश भेलापछि रा.स्व.पाले उम्मेद्वारका बिषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए ।

संबैधानिक समाजवादलाई आफ्नो मुख्य एजेण्डा बनाएको पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हामी छिट्टै सिंहदरबारमा पुग्छौं : रवि लामिछाने
राजेन्द्र लिङ्देनले थाले चुनावी भेटघाट
जिल्ला भेलालाई सम्बोधन गर्न रवि आज झापा आउदै
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय