अर्जुनधाराबाट ब्राउनसुगरसहित महिला पक्राउ


झापा । लागुऔषध ब्राउनसगुरसहित एक जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरी रहेकी छन् । हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सप्तकोशीमा ‘हाई-अलर्ट’ , प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढायाे
गाँजासहित बिर्तामोडका दास पक्राउ
इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु
हुलाकी मार्गको काम ढिलाइ हुँदा जनप्रतिनिधिले पोखे आक्रोश