झापाको कमल खोलामा डुबेर बेपत्ता भएका किशोरको शव भेटियो


झापा । झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका(१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका अन्य साथीहरू सकुशल निस्किएपनि खरेल खोलामै एकाएक बेपत्ता भएका थिए ।

उनको खोजीका लागि खटिएका १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुरबाट इन्स्पेक्टर काशीनाथ रेग्मीको कमान्डमा १४ जना, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले बुधबार बिहान साढे ८ बजे पानी मुनि डुबिरहेको अवस्थामा उनको शव फेला पारेको डीएसपी पाठकले बताए। उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सप्तकोशीमा ‘हाई-अलर्ट’ , प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढायाे
गाँजासहित बिर्तामोडका दास पक्राउ
इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु
हुलाकी मार्गको काम ढिलाइ हुँदा जनप्रतिनिधिले पोखे आक्रोश