सप्तकोशीको बाध फुट्यो, स्थानीयहरु घर छाडेर भाग्न थाले
उदयपुर । सप्तकोशी नदीले धार परिवर्तन् गरेपछि वेलका नगरपालिकाका २० हजार नागरिक जोखिममा परेका छन् । कोशीले धार परिवर्तन गरेर वेलका नगरपालिकातर्फ पसेको छ । वेलकाका वडा नम्बर १, २, ८ र ९ उच्च जोखिममा छन् ।
डुबानको मुखमा पुग्दा स्थानीयहरु भने घर छाड्न बाध्य भएक छन् । डुबानको मुखमा पुगेपछि खासगरी टापु क्षेत्रका स्थानीयहरु घर तथा अन्य भौतिक सम्पत्ति माया मारेर भागेर सुरक्षित स्थानतिर जान थालेका छन् ।
स्थानीय सरकार तथा केन्द्र सरकारले कोशी कटानका कारण २० हजार घर परिवार उच्च जोखिममा रहेको भन्दै पटक पटक अनुगमन गरे पनि रोकथाममा भने ध्यान दिएको थिएन । हजारौ घर परिवारलाई यतिबेला भने स्थानान्तरण गर्ने विषयमा नगरपालिकाले छलफल गरिरहेको छ ।