झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती


धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं. ५ सदामटार र धनकुटा कै छथर जोरपाटी गाउँपालिका वडा नं. ४ तेलिया बीचको तमोर नदीमा झोलुंङ्गे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ ।

सुकेका दाउराबाट अस्थायी रुपमा बनाइएको चेफाबाट दिनहुँ सयौँ स्थानीय तमोर नदि वारपार गर्छन। हिउँदको समयमा नदि तर्न सकिने भए पनि बर्खाको समय भने जोखिम मोलेर नदी तर्नुको विकल्प छैन । बर्खामा उर्लेर आउने नदि तर्न पनि चेफाकै साहारा लिनुपर्ने बाध्यता रहेको स्थानीय पुष्पा कार्कीले बताइन् ।

सदामटारका अधिकांश स्थानीयको जग्गा जमिन तेलियामा रहेकोले दैनिक ठूलो संख्यामा स्थानीय घाँस दाउराकै लागि चेफा तरेर पारि जानुपर्ने बाध्यता रहेको छ । नदीमा झोलुङ्गे पुल नहुँदा विगतमा मानिसले ज्यान समेत गुमाएको स्थानीय सुरेन्द्र न्यौपाने बताउछन् ।

सदामटार चुनावका बेला नेताहरु आएर दिने एउटै आश्वासन हो झोलुंगे पुल बनाउने तर, चुनाव सकिएपछि नेताहरु सदामटार फर्केर पनि नआएको बताउछन् । सरकारले देशभर तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने अभियान नै चलाएको भएपनि सदामटारमा भने झोलुंगे पुल बन्न सकेन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन
प्रदेश १ को नीति तथा कार्यक्रम आज
सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, झापामा एक सातामा दुईजनाको मृत्यु
पूर्वी नेपालबाट अवैध रुपमा प्रवेश गर्दै रोहिंग्या शरणार्थी