बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा


झापा । गएरातिदेखि परेको वर्षाका कारण कनकाई नदीमा आएको बाढीले कम्तीमा एक सय घर डुबानमा परेका छन् । बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ का ती घर डुवानमा परेको वडा अध्यक्ष मनोज खुलालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको मानव बस्ती पुरै डुवानमा परेको छ । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको वडा अध्यक्ष खुलालले बताए ।

‘स्थानीय सतासी खोलाको बाढी पनि गाउँ पसेको छ,’ खुलालले भने , ‘पूरै मानव बस्ती जलमग्न भएको छ ।’ जिल्लाको मेची, निन्दा,बिरिङ, कनकाई,रतुवा लगायतका ठूला नदीमा पानीको सतह बढेको छ । यी नदीमा बाढी आउँदा भद्रपुर, काचनकावल,झापा,शिवसताक्षी, गौरिगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा बर्सेनि प्रभावित हुने गरेका छन् ।

नेपाल रेडक्रस झापाका अनुसार दर्जनौ मानव बस्तीहरु डुबानमा परेको खबर आएको छ । तर, कुन कुन ठाउँ डुबानमा परेका हुन् भन्ने यकिन छैन । विवरण संकलन हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । साथै थप वर्षा हुने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता वडा नम्बर ४ को पाँचगाछी सन्थाल बस्ती पुरै डुवानमा परेको छ । स्थानीय बस्तिका अधिकांश बासिन्दालाई त्रिभुवन माध्यमिक विद्यालय सुरक्षाका लागि लगिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा बाढी पस्दा लाखौँ मूल्यबराबरको औषधि भिजेको छ । भिन्न कागजपत्रहरू पनि पानीको भल पसेर भिजेको मेडिकल अधिकृत सबिन ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाखबढी रकम फिर्ता गर्ने तयारी
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम