गोली प्रहार गरी ताप्लेजुङमा शिक्षकको हत्या


ताप्लेजुङ । भरुवा बन्दुकको गोली प्रहार गरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्राका एक शिक्षकको हत्या गरिएको छ । ज्यान गुमाउनेमा जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्ग बहादुर लिम्बू रहेका छन् ।

विहिबार साँझ करिव साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकास लिम्बूले घरको आँगनमा निस्किएको समयमा लुकिछिपी शिक्षक खड्गलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी निरिक्षक मोहन पोखरेलका अनुसार गोली चलाउने आकाश लिम्बूलाई पक्राउ गरिएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको बताईएको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काेराेना कहर : झापामा लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
झापामा थपिए १९० संक्रमित
झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती
विराटनगरका कोभिड अस्पताल भरिए, बेड विस्तारको तयारी