विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै


विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।

पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र, गोरखा ब्वाइज क्लब रुपन्देही र संकटा क्बललाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ। प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्ति १ अध्यक्ष कपको फाइनलमा
आहा रारा गोल्डकपको फाइनल खेल आज, संकटा क्लव र अफ्रिकन रूट खेल्दै
किरण चेम्जोङ एसियाकै उत्कृष्ट
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज