बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा। बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए।

उनको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काेराेना कहर : झापामा लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
झापामा थपिए १९० संक्रमित
झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती
संखुवासभामा थप ३६ जनामा संक्रमण पुष्टि