प्रधानमन्त्रीको गृह नगरका सुकुम्बासीको टहरामा डोजर


झापा । सार्वजनिक सम्पती अतिक्रम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक ७ मा सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ ।

शुक्रबार विहान बस्ती खालि गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डोजर लगाएको स्थानीयबासीले बताएका छन् । प्रशासनले यस अघि पनि पटक पटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थानीयलाई उर्दि गरेको थियो ।

रतुवाखोलाको बाढीले कटान गरेपछि विस्थापित परिवार सो स्थानमा बस्दै आएका थिए । उनीहरु ०४६ साल देखी बस्दै आएका हुन् । वडा अध्यक्ष भिम पौडेलका अनुसार तत्कालिन प्रशाशकले उनिहरुलाई अस्थायी रुपमा मात्र बसोबासको व्यवस्था मिलाएको थियो,’ वडा अध्यक्ष पौडेलले भने, ‘बास्तवीक सुकुम्बासीको पहिचान गरि नगरपालिकाले निर्माण गरेको नमुना बस्तीमा लैजानबाट छाडिएका धनाड्यहरुले प्रशाशनले बस्ती खाली गर्दा डोजर लगाएको आरोप लागेको हो ।’

‘हामिले नमुना बस्तीमा स्थायी बसोबासका लागि लगिएका बास्तवीक सुकुम्बासी हुन् । उनिहरु मध्ये धनाड्य सुकुम्बासीले टोल छोड्न अटेर गरे । उनिहरुलाई बस्ती छोड्न प्रशासनले गरेको आग्रहको अटेर गरेपछि बस्तीमा डोजर र प्रहरी गएका हुन् । डोजर लगाइएको होईन,’ उनले भने ।

सरकारले सार्वजनिक (सरकारी) जग्गाको खोजी गरि त्यस ठाँउमा बहुआयामिक व्यापारीक केन्द्र निर्माण गर्ने तयारी गरेको छ । दमकको नमुना मार्गमा जोडिएको उक्त बस्तीका बासिन्दालाई सरकारी जग्गा छोड्न पटक पटक आग्रह गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

‘नगर र प्रशासनले पहिचान गरेका सुकुम्बासी नमुना बस्तीमा गईसकेका छन् । जस्को करोडौको सम्पती छ उनिहरु बास्तवीक सुकुम्बासी होइनन् । उनिहरुले अटेरी गरिरहेका छन्,’ नगरप्रमुख ओली भने । प्रशासनले गत वर्षनै हटाउने तयारी गरेको थियो । कोभिडका कारण गत वर्षको नहटाईएको नगर प्रमुख ओलीले बताए । उनले भने, ‘बिकासमा बाधक त बन्नु भएन नी ।’ सो क्षेत्रमा प्रशासनले कम्तिमा तीन सय प्रहरी परिचालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काेराेना कहर : झापामा लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
झापामा थपिए १९० संक्रमित
झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती
संखुवासभामा थप ३६ जनामा संक्रमण पुष्टि