भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह


झापा । भूमिहिन सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने बहानामा स्थानीय सरकारले आर्थिक भार थोपर्ने काम गरेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधाराले आपत्ति प्रकट गरेको छ ।

अहिले अर्जुनधारा नगर क्षेत्रमा लगत संकलन गर्ने काम भइरहेको छ । यस क्रममा अर्जुनधाराका ऐलानी जग्गामा चर्को राजश्व उठाउने कार्य भएको भन्दै जनमुक्ति पार्टीले विज्ञप्तिमार्फत विरोध गर्दै उक्त कार्य बन्द गर्न जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएको हो।

विगत ५ दशकदेखि ऐलानी जग्गा भोगचलन तथा खनजोत गर्दैआएका सर्वसाधारणलाई मारमा नपार्न पार्टीले अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हिजोआज धनीपुर्जा प्राप्त हुन्छ भन्ने आशामा धमाधम फारम भरिरहेको देखिन्छ। तर फारम भर्ने कार्यसंगै चर्को मुल्यमा धुरको २५ रुपैयाँका दरले राजश्व उठाउने कार्यले नगरवासी मारमा परेको देखिन्छ।’

पार्टीका नगर अध्यक्ष राज खम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ऐलानी जग्गामा चर्को राजश्व उठाउने कार्य हुनु भनेको निर्वाचित जनप्रतिनिधिले जनतालाई सहुलियत दिनुको सट्टा मारमा पार्नु हो। त्यसैले चर्को राजश्व उठाउने कार्य बन्द गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछ।‘

विज्ञप्तिमार्फत लगत फारम भर्ने विधिअनुसार रातो फारममा ५ कठ्ठा १६ धुरमुनिका जनतासँग निशुल्क फारम भर्ने नीति हुँदाहुँदै पनि जबरजस्ती सेतो फारम भराएर पैसा संकलन गर्ने खेल भइरहेको दाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
राप्रपाको मेचिनगर वडा अधिवेशन सम्पन्न
झापामा छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईको मृत्यु
शनिश्चरे-खुदुनाबारी कालोपत्रे सडक निर्माण सुरु