बिर्तामोडको गाउँले होटलका सञ्चालक चारआली जंगलमा मृत फेला


बिर्तामोड । बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।

निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

यसैबीच, बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश जंगलभित्र रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
प्रधानमन्त्रीको गृह नगरका सुकुम्बासीको टहरामा डोजर
प्रदेश १ प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने
सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पुग्दा चार घर जल्यो