कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता


झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाएका छन्।

अहिलेसम्म ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै राखेका छन्।

थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि छन्। एमालेका पोखरेलले १३२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
हल्दिबारीमा राप्रपा अग्रता कायमै