इलाममा सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला


इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।

भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै
बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु