हल्दिबारीमा राप्रपा अग्रता कायमै
झापा , बैशाख ३१ ।झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायमै राखेको छ ।
हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार रविन्द्रप्रसाद लिङदेन ७३९ मतका साथ अग्रस्थानमा छन् । लिङदेनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डम्बरबहादुर गिरीले ५११ मत ल्याएका छन् ।