झापा आइपुगे ओली, आज चार सभालाई सम्बोधन गर्दे


झापा। एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आएका छन् । पोखरा, ललितपुर,किर्तिपुर र जाउलाखेलका सभामा सम्बोधन गरेर साेमबार साँझ ओली झापा आएका हुन् ।

ओलीले अाज झापाका चार पालिकासहित पाँच ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विहान साढे ८ बजे उत्तरी मोरङको मिक्लाजुङ, साढे ९ बजे झापाको गौरीगञ्ज, साढे १० बजे कमल, साढे ११ बजे दमक र १ बजे गौरादहमा सम्बोधन गरेर साढे २ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

सोमवार चार वटा सभालाई सम्बोधन गरेर गृह जिल्ला आएका अध्यक्ष ओलीले प्रचारप्रसारको अन्तिम दिन काठमाडौंबाट चुनावी सभाका कार्यक्रमको मैजारो गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापाको ७ स्थानीय तहमा एमालेको अग्रता
कचनकवल १ मा कांग्रेसको प्यानल निर्वाचित
झापाको अर्जुनधारामा एमालेको अग्रता कायमै
भरतपुरमा रेनु दाहाल २० मतले अगाडि