निर्वाचन सामग्रीसहित कर्मचारी मतदान स्थलतर्फ


विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न मोरङमा खटाइएका कर्मचारीहरु मतपत्रसहित ५९ प्रकारका सामग्री बुझेर मतदान स्थलतर्फ जान थालेका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप, विभिन्न प्रकारका अनुसुची फारमलगायतका सामाग्री बुझेर कर्मचारीहरु मतदानस्थल तर्फ लागेका हुन् । आइतबार पहिलो दिन मोरङका १० वटा स्थानीय तहमा खटिने कर्मचारी निर्वाचन समाग्री लिएर मतदानस्थल पुगेका छन् । आज ५ वटा स्थानीय तहका लागि निर्वाचन सामाग्रीलिएर कर्मचारी मतदानस्थलतिर जादैछन् । मंगलबारसम्म मोरङका १७ वटै स्थानीय तहमा निर्वाचन सामाग्री र कर्मचारी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकास्यप अधिकारीले जानकारी दिए ।

मोरङमा ३०० मतदानस्थल र ८२० मतदान केन्द्र छन् । ती स्थानमा १ हजार ६ सय ५७ मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु खटिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराको तेस्रो दिनको बयान हुने
संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च, १ करोड ८२ लाख मतदाता
आज अपराह्नपछि बदली र वर्षाको सम्भावना
भागरथी हत्या प्रकरण : अनुसन्धान तेस्रो चरणमा, शव अस्पतालमै