मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश


हेटौंडा । मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा आफ्नो नाम लेखाएको हो ।

फाइनल प्रवेशका लागि मच्छिन्द्र सेमिफाइनलमा आयोजकको मकवानपुर–११ सग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रको जीतमा एकमात्र निर्णायक गोल युवा फरवार्ड राजेश परियारले गरे । उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपैया हात पारे ।

प्रतियोगिताअन्तर्गत् मंगलबार विदेशी क्लब अफ्रिक रुटस एसोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाहीको टोलीवीच खेल हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
आहा रारा गोल्डकपको फाइनल खेल आज, संकटा क्लव र अफ्रिकन रूट खेल्दै
किरण चेम्जोङ एसियाकै उत्कृष्ट
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज