सर्वाधिक गोलकर्ताको कीर्तिमान रोनाल्डोको नाममा


काठमाडौँ । युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा काग्लियारीलाई पराजित गर्ने क्रममा रोनाल्डोले कीर्तिमान कायम गरेका हुन् ।

काग्लियारीलाई उसैको मैदानमा  युभेन्ट्सले ३-१ गोलले पराजित गरेको हो । युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्स २६ खेलमा ५५ अंकसहित लिगको तेस्रो स्थानमा छ । काग्लियारी २२ अंक जोडेर १७औँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
आहा रारा गोल्डकपको फाइनल खेल आज, संकटा क्लव र अफ्रिकन रूट खेल्दै
किरण चेम्जोङ एसियाकै उत्कृष्ट
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज