झापामा छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईको मृत्यु


झापा । झापाका दुई अलग अलग स्थानमा शनिवार भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कमल गाउँपालिकामा टिपरले किचेर शिवसताक्षीका युवक र बाह्रदशी गाँउपालिकामा स्कुटी अनियन्त्रित भएर दुर्घटना हुन विर्तामोडकी एक महिलाको मृत्यु भएको हो ।

कमल गाउँपालीका १ बालुबारीमा शनिवार बिहान टिपरले किचेर मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

केर्खा बाट निर्माण सामग्री लिएर हुलाकी राजमार्ग तर्फ जाँदै गरेको ना१ क ६१६५ नम्बरको टिपरले किच्दा शिवसताक्षी नगरपालिका वडा न.४ डांडागाउँका २० वर्षीय सरोज कार्कीको घटना स्थलमै मृत्यु भएको हो । मे १प ३७४७ नम्बरको मोटरसाइकलमा सवार कार्कीलाइ कमल २ को क्याम्पा बजार तर्फ जादै गर्दा टिपरले ठक्कर दिएको थियो ।

त्यस्तै यता बाह्दशीकाे भित्री सडकमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपाने बस्ने ४५ वर्षीया कलसावती राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ को कनकन मार्गमा राजवंशी सवार मे ११ प ८४५१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह
महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
राप्रपाको मेचिनगर वडा अधिवेशन सम्पन्न
शनिश्चरे-खुदुनाबारी कालोपत्रे सडक निर्माण सुरु