बाँडी चुँडी खान गठबन्धन बनाए-ओली 


इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए ।शनिवार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईँहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस् ।’एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता
हल्दिबारीमा राप्रपा अग्रता कायमै
दमकमा भयो ६ दलीय गठबन्धन, राष्ट्रिय जनता पार्टीद्वारा आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा