शनिश्चरे-खुदुनाबारी कालोपत्रे सडक निर्माण सुरु


झापा । झापाको पुरानो बजार शनिश्चरेदेखि उत्तरी खुदुनावारी जोड्ने साढे नौ किलोमिटर सडकको पुनर्निर्माण सुरु भएको छ ।

दुई वर्षअघि नौ करोड रुपैयाँमा यो सडक ठेक्का लागेको थियो । तीव्र विवाद र विरोधपछि सडक पुनर्निर्माण सुरु भएको हो । दक्षिणी इलामलाई झापासँग जोड्ने रणनीतिक महत्वको शनिश्चरे-खुदुनावारी सडक कालोपत्रे नभएपछि स्थानीय रुष्ट भएका थिए ।

जिल्ला प्राविधिक कार्यालय झापाले दुई वर्षअघि काठमाडौँको कञ्चनजङ्घा शेर्पा कञ्चनजङ्घा जेभीसँग सडक निर्माणको सम्झौता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भूमिहिनबाट राजश्व नउठाउन अर्जुनधारा जनमुक्तिको आग्रह
महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ
राप्रपाको मेचिनगर वडा अधिवेशन सम्पन्न
झापामा छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईको मृत्यु