सामूहिक र संस्थागत रुपमा वन अतिक्रमण


मोरङ/झापा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापा र मोरङमा पर्ने सामुदायिक वनहरुमा विभिन्न जातजाति र धर्मालम्बीले आफ्नो धार्मिक स्थल तथा आरधना स्थल बनाउने होड चलेको छ । केही वर्ष अघि सम्म राजमार्ग आसपास घना वन क्षेत्र रहेपनि अहिले आफुखुसी क्रंक्रिटका संरचना बनाइदा वन र पर्यावरण मासिदै गएको छ । जनप्रतिनिधी र सासद्हरुले समेत उनीहरुका लागि बजेट निकासा गरिदिँदा सामूहिक र संस्थागतरुपमै वन क्षेत्र अतिक्रमणले प्रसय पाइरहेको छ । जसले गर्दा सरोकारवाला निकायहरु भने चिन्तित छन् ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको चारआलीमा पर्ने प्रगती सामुदायिक वनमा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको मन्दिर, गुम्बा र थान छ । एक दशक अघिसम्म घना वन रहेको यो सामुदायिक वनमा अहिले क्रंक्रिटका मन्दिर, गुम्बा र थानहरु बने । पुजापाठ र आरधनाका लागि आउने मानिसहरुको चहलपहल बढ्दै गएपछि वन्यजन्तु र पर्यावरणमा समेत असर पुग्यो । ‘मैले थाहा पाउँदा सम्म त यो वन निक्कै घना थियो’ प्रगती सामुदायिक वन उपभोक्ता समिती चारआलीका अध्यक्ष विकास निरौलाले भने, ‘अहिले त वन निकै छाटिएको छ ।’

मोरङको बेलबारी–११ मा पर्ने लक्ष्मी सामुदायिक वनको अवस्था झनै कुरुप छ । सो वन क्षेत्रभित्र विभिन्न ५७ जातजाति तथा समुदायका धार्मिक तथा आरधना स्थल छ । उनीहरुले त्यस स्थलमा आफुखुसी भवन, मठमन्दीर, गुम्बा बनाएका छन् । पछिल्ला वर्षहरुमा भने धार्मिक स्थलका नाममा ठाउँ ओगट्ने र संरचनाहरु बनाउने क्रम झनै बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समिती, बेलबारीका अध्यक्ष सुजय गौतम बताउछन् ।

सरकारले वन संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिसकेको छ । यसरी हस्तान्तरण गरिएका सामुदायिक वनमा परापूर्व कालदेखिका धार्मिक स्थलहरु रहेको खण्डमा धार्मिक वन घोषणा गरि संरक्षण गरिदै आएको छ । वन ऐनअनुसार पनि त्यस्ता स्थलहरुमा क्रंक्रिटका संरचना बनाउन निषेध गरेको छ । तर, स्थानीय तह, प्रदेश र संघ सरकारले नै त्यस्ता ठाउँहरुका लागि बजेट विनियोजन गरिदिदा स्थानीयमा यस्ता संरचना बनाउने मनोबल बढ्दै गएको डिभिजन वन कार्यलय मोरङका प्रमुख अनिरुद्र कुमार शाह बताउछन् ।

डिभिजन वन कार्यालयहरुका अनुसार चोरीनिकासी भन्दा पनि बाढीपहिरो र सामुहिक तथा संस्थागत अतिक्रमणले सामुदायिक वन क्षेत्र मासिदै गएको छ । मोरङमा विगतमा ५४ हजार हेक्टर क्षेत्रमा वन रहेको भएपनि पछिल्लो तथ्याङ्क अनुसार ४४ हजार ५ सय ४० हेक्टर मात्रै वन क्षेत्र छ । झापामा आर्थिक वर्ष २०७७∕७८ सम्ममा १ हजार ५ सय ५० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता
हल्दिबारीमा राप्रपा अग्रता कायमै
दमकमा भयो ६ दलीय गठबन्धन, राष्ट्रिय जनता पार्टीद्वारा आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा