सवारी चालक अनुमतिपत्र नवीकरण इलामबाटै


इलाम । सवारी चालक अनुमतिपत्र नवीकरणको सेवा प्रवाह सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय इलामले एक कार्यक्रमको आयोजना गरी लाइसेन्स नवीकरणको सेवा सुरु गरेको हो । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको टोलिले लाईसेन्स नवीकरण सफ्टवेयरको परिक्षण गरेको थियो ।

नवीकरण सफ्टवेयरको परीक्षण सफल भएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले जानकारी दिए । टोलिले ३ जनाको सवारी चालक अनुमतिपत्र नवीकरण सफ्टवेयर परीक्षण गरेको थियो । कार्यालयले अबदेखि जुनसुकै सवारी चालक अनुमतिपत्रको नवीकरण इलामबाटै नियमित गर्ने भएको छ । तर नियमित काम भने आगामी अर्को सातादेखि मात्र हुनेछ ।

आवश्यक जनशक्तिको अभावका कारण आवश्यक तयारी गर्न एक साता लाग्ने कार्यालय प्रमुख खतिवडाले बताए । ‘हामीसँग सम्बन्धित कामका लागि दक्ष जनशक्तिको पर्याप्तता छैन । भएका कर्मचारीलाई नै आवश्यक तालिम दिएर काम गर्नुपर्ने वाध्यता छ’ कार्यालय प्रमुख खतिवडाले  भने, ‘तालिम दिएर काम सुरु गर्नुपर्ने भएकाले आइतबाररसोमबारदेखि मात्र नियमित काम हुन्छ ।’

यस अघि लाइसेन्स नवीकरणका लागि ताप्लेजुङ, पाँचथर र इलामका नागरिक यातायात व्यवस्था कार्यालय झापा पुग्नुपर्ने बाध्यता थियो । लाइसेन्स नवीकरण गर्ने सेवा सुरु गरेपनि नयाँ लाइसेन्सको लिखित परिक्षा, ट्राएल परीक्षा गर्ने र लाइसेन्स वितरणका लागि भने अझै केहि समय लाग्ने कार्यालयका कार्यालय प्रमुख खतिवडाले जानकारी दिए ।

अनुमतिपत्र वितरण आगामी वैसाखदेखि सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । चालक अनुमतिपत्रको लागि आवश्यक पर्ने ट्राएल सेन्टरको निर्माण कार्य सम्पन्न भएपनि माथिल्लो निकायबाट अनुमति नआएकाले काम सुरु गन नसकिएको कार्यालय प्रमुख खतिवडाले बताए । हाल सो कार्यालयबाट नयाँ सवारी दर्ता, सवारी नामसारी, सरुवा सहमति, ब्लुबुक नवीकरण, बाटो इजाजत, जाँचपास, सवारी पञ्जीकरण, पटके इजाजत दिने काम भइरहेको छ । नयाँ बुलन्द


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

यस्तो छ भद्रपुरमा ५०९४ मतगणनाको परिणाम
कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए अग्रता
हल्दिबारीमा राप्रपा अग्रता कायमै
दमकमा भयो ६ दलीय गठबन्धन, राष्ट्रिय जनता पार्टीद्वारा आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा