मोरङको उर्लाबारीमा ट्रक र स्कूटर एकापसमा ठोक्किदा दुईको घटनास्थलमै मृत्यु


मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा शनिबार साँझ स्कूटर र ट्रक एक आपसमा ठोकिदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

आज साँझ ७ बजेर ३५ मिनेटमा दुर्घटना हुँदा स्कुटरमा सवार उर्लाबारी–८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको भृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए ।

प्रदेश १–००१ क १०३५ नम्बरको पूर्वतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधारामा ‘एक साँझ शिवका माझ’
झापा गाउँपालिकाका कृृषकहरु मकै खेतीमा आकर्षित
सुनसरीमा बोलेरोको ठक्करबाट एक व्यक्तिको मृत्यु
सवारी चालक अनुमतिपत्र नवीकरण इलामबाटै