झापाका शैक्षिक क्षेत्रबाट अख्तियारमा बढी उजुरी


झापा । झापाका सरकारी कार्यालयमध्ये सवैभन्दा धेरै शिक्षाका विषयमा उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले  शुक्रबार झापामा भ्रष्टाचार नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगगको भूमिका  र सार्वजनिक निकायको दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । 

जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा आयोजना गरिएको कार्यक्रममा २३ वटा उजुरी शिक्षाको विषयमा रहेको जनाइएको थियो । त्यसैगरि २२ वटा भूमिसुधार तथा मालपोत दोस्रोमा रहेको छ भने तेस्रोमा वन कार्यालय परेको छ ।

यी मूख्य कार्यालयमध्ये भौतिक तथा निर्माण सम्बन्धि ८ वटा उजुरी परेको आयोगका इटहरी प्रमुख बाबुराम खतिवडाले सार्वजनिक गरेका थिए । यी कार्यालयहरुले चरम रुपमा नियमविपरीत  नकली बिल भर्पाइ बनाएर रकम अनियमिता गरेको उजुरीमा उल्लेख भएको उनको भनाइ छ ।

भ्रष्ट्राचार घरबाट नै शुरु हुने भएकोले व्यक्तिको नियत ठिक भएमा यसको नियन्त्रण हुने उनको बुझाइ थियो । 

आयोगका उपचचिव पुरुषोत्तम ढकालले सामुदायिक वनमा अनियमिता,स्कुलको रकम व्याजमा लगाउने, गुणस्तरहीन निर्माण सामग्री प्रयोग,नकली मानिसको नाम राखेर अनुदान वितरण गर्ने, सामाजिक भक्ता अनियमिता गर्ने , नकली जग्गा घर धनि खडा गरि फुकुवा गर्ने ,सरकारी जग्गा नरबढी घटि गर्ने, पटके सामग्री खरिद गर्ने लगायतका अनियमिता गरेको फेला परेको उनले बताए । 

शिक्षा,स्वास्थ्य,सिंचाई,कृषि,वन र भूमि व्यवस्थापन विषयका उजुरी आउने गरेको खतिवडाको भनाइ छ । उजुरी अनुसन्धानको मामिला अध्ययनका केही मुद्दाहरुको विषय समेत उनले सार्वजनिक गरेका थिए । 

कार्यक्रममा भद्रुपर नगरका मेयर जीवन कुमार श्रेष्ठ, विर्तामोडका मेयर ध्रुव कुमार सिवाकोटी,शिवसताक्षीका मेयर चन्द्र कुमार शेर्मा, दमकका मेयर रोमनाथ ओली,भद्रपुर माविका प्रधानाध्यापक होमनाथ गुरुङ्,जनताको तटबन्ध प्रमुख रुपनारायण अधिकारी,मेचीनगर प्रमुख विमल आचार्य, मेनपा प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा,जिल्ला समन्वय अधिकारी रुद्र प्रसाद न्यौपाने लगायतले देखिएका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

सहभागिले राखेका समस्याहरुका बारेमा प्रमुख खतिवडाले प्रष्ट पारेका थिए । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सनाले सवैको सामूहिक प्रयासबाट मात्र भ्रष्ट्राचार नियन्त्रण हुने जनाए । जनताका अपेक्षालाइ परिपूर्ति गर्ने गरिको सेवा प्रवाहको दायित्व रहेको उनको धारणा थियो । 

कार्यक्रममा कार्यालय प्रमुख तथा कर्मचारी ,स्थानीय तहका जनप्रतिनिध तथा कर्मचारी ,प्रहरी प्रशासन, सञ्चरकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड
बुद्धशान्ति गाउँपालिका एकसातालाई सिल
झापामा वडाध्यक्षको इँटा प्रहारबाट स्थानीय घाइते
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० बढी बसाइँ सरे