श्रीमानले गरे दाेस्री श्रीमतीको हत्या, पहिलाे श्रीमतीले आत्महत्या गरेकी थिइन्



दोलखा ।
 दोलखाको कालिन्चोक गाउँपालिका-६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए । हत्या गरिएकी सुनिता हिमालकी दाेस्री श्रीमती हुन् । स्थानीयका अनुसार केही वर्षअघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको थिइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
बिर्तामोडको इतिहास : जिजु मुमा बडामहारानीको पेवा थियो