विश्वकप छनोट : नेपाल र चाईनिज ताइपेइबीचको खेल स्थगित
झापा । एसियाली फुटबल महासंघ एएफसीले नेपाल र चाईनिज ताईपेइबीचको खेल स्थगित गरेको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित भएको हो । यो खेल मार्च २५ तारिखमा दशरथ रंगशालामा हुने तय भएको थियो ।
कोरोना महामारीका कारण एएफसीले खेल स्थगित गरिएको जनाएको छ । चाइनिज ताइपेईसँगको खेल स्थगित भए पनि मार्च ३० तारिखमा अस्ट्रेलियासँगको खेल भने हुने छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको छनोटका लागि नेपालले तीन वटा देशसँग खेल्न बाँकी छ । नेपालले अब अस्ट्रेलिया जोर्डन र चाईनिज ताइपेईसँग खेल्न बाँकी छ ।
