झापामा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते


झापा ।  झापामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा परी मेचीनगर नगरपालिका-१३, धाइजन बस्ने ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मृतक आचार्य ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख हुन। दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएको हो। प्

हरीका अनुसार मेचीनगर-१३, चारआलीस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे।

दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर १० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-१० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन्। उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काेराेना कहर : झापामा लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
झापामा थपिए १९० संक्रमित
झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती
संखुवासभामा थप ३६ जनामा संक्रमण पुष्टि