परीक्षामा टिकटक बनाउने एक विद्यार्थीको परीक्षा रद्द !


काठमाण्डौ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
प्रधानमन्त्रीको गृह नगरका सुकुम्बासीको टहरामा डोजर
प्रदेश १ प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने
सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पुग्दा चार घर जल्यो