आज अपराह्नपछि बदली र वर्षाको सम्भावना


काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ ।

‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले भने । यस्तो अवस्था काठमाडौं उपत्यकासहित प्रदेश १ र प्रदेश ३ मा हुने छ ।

पौडेलका अनुसार शुक्रबारबाट दुई-तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ । तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन ।

बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो । प्रि-मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन् ।

मार्च, अपि्रल र मे महिनालाई पि्र-मनसुन अवधि मानिन्छ । फेब्रुअरीको आधा महिना समाप्त हुँदा तापक्रम बढ्दो क्रममा छ । ‘तापक्रम बढ्दा स्थानीय वायुहरुको प्रभाव बढ्छ र सानो-सानो क्षेत्रमा हल्का पानी पर्ने गर्दछ । हिजो भएको त्यही हो,’ मौसमविद पौडेलले भने ।

हिजो पानी परेकाले आज बिहान काठमाडौं उपत्यकामा चिसो बढेको महसुस भएको थियो । आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराको तेस्रो दिनको बयान हुने
संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च, १ करोड ८२ लाख मतदाता
निर्वाचन सामग्रीसहित कर्मचारी मतदान स्थलतर्फ
भागरथी हत्या प्रकरण : अनुसन्धान तेस्रो चरणमा, शव अस्पतालमै