बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षका लागि ६ जना मैदानमा


झापा । बिर्तामोड उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि ६ जनाले आकांक्षा देखाएपछि बिर्तामोड उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको हो । अध्यक्ष पदका लागि संघकै पूर्व अध्यक्ष बलराम कार्की, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, महिला उपाध्यक्ष पार्वता खरेल बिमली र महासचिव प्रशान्त भण्डारी, युवा व्यवसायी सुवास भट्टराईले अध्यक्ष पदका लागि आकांक्षा राखेका छन् ।

व्यवसायिक तथा आर्थिक दृष्टिकोणले पूर्वकै महत्वपूर्ण क्षेत्र मानिने बिर्तामोड र बिर्तामोडको उद्योग वाणिज्य संघको निर्वाचन फागुन १६ गते हुने भएको छ । जसका लागि अहिले बिर्तामोडमा पदाधिकारी चयनका लागि रस्साकस्सी चलेको छ । नेपाली कांग्रेस समर्थक ५ जना र नेकपा समर्थक एक जना व्यवसायीको नाम अध्यक्ष पदका लागि चर्चामा आएसँगै क–कसले को–कोसँग प्रतिष्पर्धा गर्नेभन्दा पनि उम्मेद्वार छनौट पूर्व नै टिकट कसले पाउने भन्ने चर्चा चलेको छ । अध्यक्ष पदका लागि उम्मेदवारको टुङ्गो नलाग्दै अहिले व्यवसायी भोट माग्दै हिँडिरहेका छन् ।

उम्मेदवारको टुङ्गो नलागे पनि आफू यसपटक बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा उठ्न लागेको भन्दै सवैको सहयोग जरुरी रहेकाले यहाँहरु समक्ष आएको हुँ, मलाई सहयोग गरिदिनु होला भन्दै व्यवसायी आ–आफ्नै तरिकाले व्यवसायीसंग भोट मागिरहेका छन् । व्यवसायी नेताले व्यवसायीको घर–घर र फर्ममा पुगेर भोट माग्न थालेसँगै राजनीतिक दलको समेत ध्यानाकर्षण भएको बुझिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा लामो समयदेखि नेपाली कांग्रेस समर्थक व्यसायीले नेतृत्व गर्दै आएका छन् । यसपटक पनि आफ्नो बिरासत कायमै राख्ने दाउमा नेपाली कांग्रेस समर्थक व्यवसायी लागेका छन् भने नेपाली कांग्रेसलाई उछिन्ने दाउमा नेकपा समर्थक व्यवसायी चुनावी दौडधुपमा छन् । संघको अध्यक्ष पदका लागि नारायण चिमरियाले पनि यसअघि इच्छा राखेका थिए । तर, नेकपाकै तर्फबाट सुवास भट्टराई अध्यक्ष पदको उम्मेदवार बन्ने चर्चा चलेसँगै उनी अध्यक्ष पदमा भट्टराईलाई सहयोग गर्ने भन्दै उम्मेदवारबाट पछि हटेका छन् । नेकपा समर्थक भट्टराईलाई अध्यक्ष पदका लागि बलियो युवा व्यवसायीका रुपमा लिइन्छ । संघको अध्यक्ष पदका लागि नै नेपाली कांग्रेस समर्थक व्यवसायीहरु शिवाकोटी, न्यौपाने, कार्की, भण्डारी र विमलीलाई पनि बलियो उम्मेदवार मानिएको छ । नेपाली कांग्रेस समर्थक पाँच जनाले अध्यक्ष पदका लागि आकांक्षा राखेपछि नेकपालाई चिठ्ठा पर्ने एकथरीको विश्लेषण छ । अर्काेथरी व्यवसायीले भने नेपाली कांग्रेस समर्थक व्यवसायीहरुले अन्य संघ–संस्था र स्थानीय तहको सेटिङका लागि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै बार्गेनिङ गरिरहेको टिप्पणी भईरहेको छ ।

प्रकाश शिवाकोटी

बिर्तामोड – ५ का स्थायी बासिन्दा प्रकाश शिवाकोटी बिर्तामोड उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष हुन् । शिवाकोटी टे«डर्सका सञ्चालक उनी खाद्यन्य र अटो मोवाइल्स सम्वन्धि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
राधा प्रसाद र रमादेवी शिवाकोटीका छोरा प्रकाश लामो समयदेखि बिर्तामोडमा रहेर व्यवासय सञ्चालन गर्दै आएका छन् । झापाका बुधवारेमा २०३५ साल जेठ १० गते जन्मिएका उनले २०६३ सालमा विवाह गरेका थिए । सिम्रन शिवाकोटी संग वैवाहिक जीवनमा वाधिएका उनले छोरीको नाममा अलस्का अटो मोवाइल्स सञ्चालन गर्दै छन् । दुई छोरी एक छोराका वुवा शिवाकोटी सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् ।

विवाह पूर्व नै २०६३ सालबाट व्यवसाय शुरु गरेका उनले व्यवसायलाई निरन्तरता दिएका छन् । परिवारको प्रेरणाबाट व्यवसाय शरु गरेका उनले आफ्नै परिवारको ट्रेडिङ विजनेश सम्मालेका थिए । जेसीज , लायन्स रोटरी क्लव जस्ता सामाजिक संघ संस्थामा रहेर काम गरिसकेका शिवाकोटीले नेपा उदोग वाणिज्य महास.घको नेतृत्व सम्माल्ने लिएका छन् ।
देश भरका उद्योगी व्यवसायीका समस्यालाई गहन रुपमा अध्ययन गर्दै सवैलाई सहज रुपमा व्यवाय सञ्चालन गर्ने बातावरणको निर्माण गर्ने उनको लक्ष्य रहेको छ । सामाजिक काममा नै अग्रसर हुने स्वभावका शिवाकोटीको भावी लक्ष्य समेत सामाजिक काममा नै आफूलाई सर्मपित गर्ने रहेको छ ।
विश्वका ३२ वटा भन्दा बढी मुलुकको भ्रमण गरेका शिवाकोटीले व्यवसाय सञ्चालनमा विदेशी अनुभव समेत बटुलेका छन् । लण्डन, अस्टे«लिय, सिंगापूर, फ्रान्स, जर्मन लगायतका देशमा पुगेर उनले त्यहाँ गरिने व्यवसायको अनुभव संगालेका छन् ।

सरकारले व्यवसायिक क्षेत्रमा देखिएका समस्या निराकरण गर्नुको सट्टा झन झन समस्या थप्दै गएका कारण व्यवाय सहज रुपमा सञ्चालन गर्न व्यवसायिले नसकेको बताएका छन् । अहिले व्यवसाय सञ्चालन गर्न हरेक क्षेत्रमा समस्या रहेको शिवाकोटीको अनुवभ छ ।

व्यवसाय सञ्चालनमा सम्भावना पनि उत्तिकै दखेका शिवाकोटीले जोखिम उत्तिकै रहेको बताएका छन् । आफू अध्यक्षको आकंक्षी मात्रै नभई उम्मेद्वार नै भएको बताएका शिवाकोटीले सवैको सहयोगमा आफूले यस पटक विर्तामोड उदोग वाणिज्य संघको नेतृत्व हात पार्ने बताएका छन् । उनले आफू अध्यक्षमा निर्वाचि भएपछि व्यवसायीका सारा समस्या हटाएर लैजाने धारणा राखेका छन् । संघको अध्यक्षमा निर्वाचित भएसंगै आफ्नो पहिलो प्राथमिकता नै व्यवसायीका समस्या हल गर्ने रहेको बताए ।

राजु न्यौपाने

बिर्तामोड नगरपालिका – ४ निवासी राजु न्यौपाने बिर्तामोडका युवा व्यवसायी हुन् । रिद्धिशिद्धी इलेक्ट्रोनिक्स र होटल हेवन ग्राण्ड प्रालिका सञ्चालक समेत रहेका उनी उद्योग वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष हुन् । स्वर्गीय शिव प्रसाद र पुष्पकला न्यौपानेका सुपुत्र उनी गरामनीमा २०३३ साल माघ १० गते जन्मिएका थिए । प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी साथीको प्रेरणावाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका हुन् । युवा उमेरमा नै २०४९ सालबाट नै व्यवसायमा प्रवेश गरेका उनी उदोग वाणिज्य संघ रोटरी क्वल लगायतका संघ संस्थामा आवद्ध छन् । समाज सेवा गर्ने र सामाजिक काममा रुची राख्ने उनी समाजमा देखिने विकृतिको भण्डाफोरमा सक्रिय भएर काम गर्दै आएका छन् ।

व्यवासयीका पीर मर्कामा सदैव साथ र सहयोग गर्दै आएका न्यौपानेले भारत सहित भुटान, सिगापुर, मलेसिया, दुवई लगायतका देशको भ्रमण गरेका छन् । विद्यार्थी जीवनबाटै मारवाडी समुदायमा घुलमिल रहेका उनी मारवाडी साथीहरुकै प्रेरणाले यो क्षेत्रमा आएको बताउदै आएका छन् ।
वाल्यकालदेखि नै व्यपार पोलिसी वनाएर वयवसाय सञ्चालन गर्दै आएका न्यौपाने व्यवसायिक क्षेत्रमा धेरै समस्या देखेका छन् । सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण अझैैपनि साधुरो राखेकाले व्यवसायीहरु मारमा पर्दै आएको बताएका छन् । कोभिडको चपेटाले अहिले व्यवसायीले टाउको उठाउन नसक्ने अवस्थामा सरकारले अनेक उल्झन निकालेर व्यवसायीलाई दुःख दिने गरेको बताए ।

यही अवस्था रहिरहे व्यवसाय सञ्चालनमा धेरै समस्या रहेको बताएका न्यौपानेले आफू संघको अध्यक्षमा निर्वाचित भएपनि नभएपनि सदैव व्यवसायीको पक्षमा लडिरहने बताएका छन् ।
सबै व्यवसायीको साथ र समर्थनका कारण आफू यस पटक विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने उनको भनाई छ । २०६७ सालबाट उद्योग वाणिज्य संघ बिर्तामोडमा कार्यसमिति सदस्य हुँदै व्यसयायीमाझ लोकप्रिय भएका छन् । व्यवसायीका स– साना समस्यामा पनि उनी सदैव ब्यवसायिको घर दैलोमा पुग्ने गरेका छन् ।

पछिल्लो समय राज्यकै कारण ग्राहक र व्यवसायीमा नैरस्यता छाएको बताएका न्यौपानेले अहिले व्यवसायीहरुले खुलेर लगान्ी गर्ने बातावरण नभएको बताएका छन् । व्यवसायीहरु मात्र होइन ग्राहकहरु पनि अहिले नेपाली वजार भन्दा भारतीय वजारमा आश्रित हुने गरेकाले यहाँका व्यवायीहरु मारमा परेको बताएका छन् ।

व्यवसायिक क्षेत्रमा आफूले कक्षा ९ मा उत्र्तीण गरेको र अब कक्षा १० मा जानुको विकल्प छैन भन्दै यस पटक जसरी पनि आफू अध्यक्ष पदमा चुनाव लड्ने बताएका छन् । उनले भनेका छन् – ९ कक्षा पास गरेको विद्यार्थी १० मा नगए कहाँ जान्छ हो म त्यस्तै भा छु तसर्थ म यस पटक अध्यक्ष पदमा चुनाव लड्छु र निर्वाचित पनि हुन्छु मलाई बिर्तामोडका सारा व्यवसायीको साथ र समर्थन छ ।

वलराम कार्की

बिर्तामोड नगरपालिका १ स्थायी ठेगाना भएका बलराम कार्कीले सुभम ट्रेडस सञ्चालन गर्दै आएका छन् । किचन आइटम सम्वन्धि व्यवसाय सञ्चालन गर्दै आएका उनले पार्टी प्यालेस समेत सञ्चालन गरेका छन् । भोजपुरको कुलुङमा २०३० सालमा जन्मिएका उनले मोरङ र झापाका विभिन्न विद्यालयमा अध्ययन गरेका छन् । २०५१ सालमा विवाह गरेका कार्कीका श्रीमती सहित दुई सन्तान छन् ।

२०४७ सालबाट व्यवसाय सञ्चालन गरेका उनले घरयासी आवश्यकताले आफूलाई व्यवसायी बनाएको बताएका छन् । पारिवारिक परिवन्धमा पसेपछि गरिखानु पर्ने रहेछ भनेर व्यवसाय शुरु गरेका कार्की अहिले नेपाल उदोग वाणिज्य महासंघ व्यपार मेलाको केन्द्रीय सदस्यमा छन् । झापा गोल्डकपमा वरिष्ठ उपाधयक्ष, लायन्स क्लव, नागरिक स्वास्थ्य सहकारी नामक अस्पतालको अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध छन् ।

सामाजिक रुपान्तरणका लागि आफ्नै ठाउँमा केही गरुम् भन्ने लक्ष्य लिएका कार्की सरकारी सेवामा प्रवेश गरेर केही गर्नु पर्छ भन्ने सोच भन्दा पर छन् । व्यवसाय सञ्चालनमा नै रमाउने कार्की समाजमा केही सकारात्कम र रचनात्मक काममा रुची राख्छन् । निजी क्षेत्रको हक हितका लागि काम गर्ने रुची राख्ने कार्की समाजमा केही नयाँ पन दिने रुची रहेको बताउँछन् ।
भारत सहित थाइल्याण्ड, इन्डोनेसिया, वंगालदेश को भ्रमण गरेका कार्कीले व्यवसायिक क्षेत्रमा समस्या नै समस्या देखेका छन् । मुलुमा हुने राजनीतिक परिर्वतनले व्यवयास फस्टाउन नसकेको कार्कीको अनुभव छ । कोभिडका कारण व्यवाय थलिएको छ नै राजनीतिक लडाइ र झगडाका कारण पनि व्यवसायिक क्षेत्रमा ठूलो असर परेको उनको बुझाई छ ।

राजनीतिक नेतृत्वकै कारण मुलुकमा व्यवसाय गर्ने सही वातावरण नभएको बताएका कार्कीले मलेसिया, सिङ्गापुर, दुवईको उदाहरण दिँदै मुलुकमा नेतृत्व सही नभएसम्म देशको विकास नहुने र व्यवसायीले समेत सहज व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् ।

व्यवसायमा प्रचुर सम्भावना देखेका कार्कीले सरकारले व्यवयाीलाई व्यवसाय सञ्चालन गर्ने वातावरण सृजना गर्नु पर्ने बताएका छन् । पैसा आवश्यक परेको समयमा मात्रै व्यवसायीलाई प्रयोग गर्ने गलत नियतका कारण व्यवासय फस्टाउन नसकेको बताएका कार्कीले व्यवसायीलाई राज्यले जहिले पनि कर छलिगर्ने, नाफा मुखी मात्रै हुन् भन्ने मानसिकता परिर्वतन गर्नु पर्ने बताएका छन् । व्यवसायीहरु पनि सबै एकै छैनन् कार्कीले भने – समग्रमा एक दुई प्रतिशत व्यवसायी खराव होलान् तर त्यसको हिस्सेदार सबै व्यवसायी हुँदैनन् । व्यवसायीलाई राज्यले चोरको नजरमा होइन यो देशमा कर तिर्ने असल नागरिकका रुपमा हेर्नु पर्छ र व्यवसाय सञ्चालन गर्ने अवसर दिनु पर्छ ।

विर्तामोड पूर्वकै व्यवसायिक नगरी भएका कारण आफूलाई पनि व्यवसायिको हक हितका लागि काम गर्न फेरि पनि व्यवसायिले नै उत्साहित गरेका कारण आफूपनि यो पटक बिर्तामोड उदोग वाणिज्य संघको अध्यक्षका लागि तयार भएको कार्कीले बताएका छन् । सारा व्यवसायिको माग अनुरुप आफू अध्यक्ष पदका लागि मैदानमा रहेको कार्कीको भनाई छ ।

सुवास भट्टराई

बिर्तामोड नगरपालिका – ६ का स्थायी वासिन्दा सुवास भट्टराई पाँचथर पाथीभरा स्टोर्सका सञ्चालक हुन् । २०६० सालबाट व्यवसायमा प्रवेश गरेका उनी अलैंची तथा खाद्य किराना व्यवसाय छ । दाजुको प्रेरणाबाट व्यवसाय शुरु गरेका उनी बिर्तामोडका नाम चलेका युवा व्यवसयी हुन् । पाँचथरको च्याङ्थापु – १ मा २०४१ साल मंसीर ९ गते धनपति र आमा धनमायाका पुत्र रत्नका रुपमा जन्मिएका उनले स्नातक सम्मको अध्ययन गरेका छन् ।

२०६० सालमा विवाह बन्धनमा वाँधिएका उनका श्रीमती रिमा सहित परिवारमा पाँच जना छन् ।
झापा इनर्जी प्रालिको प्रवनध निर्देशक, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, पाँचथर सरोकार समाजको महासचिव, नेपाल राष्ट्रिय वाणिज्य संघको अध्यक्ष,झापा गोल्डकपको उपाध्यक्ष सुगम शान्ति टोलका अध्यक्ष नेपाल अलौंची व्यवसायी महासंघको महासचिवका रुपमा उनी कार्यरत छन् । समाज सेवा र घुमफिरमा रुची राख्ने उनी भारत सहित यूएसए, सिंगापुर, वंगलादेश, इन्डोनेसिया, मलेसिया,कतार साउदी अरव, थाइल्याण्ड लगायत विभिन्न देशमा पुगेर व्यवसायिक अनुभव हासिल गरेका छन् ।

२०६० सालबाट नै बिर्तामोड उद्योग वाणिज्य संघको तदर्थ समितिमा रहेर महासचिवको जिम्वेवारी सम्हालेका उनले व्यवसाय क्षेत्रमा प्रचुर सम्भावना देखेका छन् भने थोक विक्री तथा खुद्रा बिक्रीमा समस्था, मिसम्याच तथा करमा समस्या, वैंक व्याजको समस्या, खुल्ला नाकाका कारण समेत व्यवसायीलाई समस्या हुने गरेको उनको अनुभव छ । कृषि जन्य वस्तुको मात्रै समस्या हेर्ने हो भने पनि उत्पादन, गुणस्तर र वजारको तालमेल नहुँदा समस्या छन् । व्यवसायी र घन धनीको त्यस्तै समस्या छ । विर्तामोडको मात्रै कुरा गर्दा विजनेस प्लान्ट नै छैन । यसले गर्दा पुराना व्यवसायी विस्थापित हुने र नयाँ व्यवसायी पनि विस्थापित हुने अवस्था छ । विर्तामोड पूर्वी पहाडी जिल्लाको मात्रै ट्रान्जिट पोइन्ट होइन, यो चाँही पश्चिम देखि भारत भुटानसम्मकै लागि ट्रान्जिट पोइन्ट भएपनि यसको चाप विस्तारै घट्दै गएको छ ।
व्यवसाय सञ्चालन गर्दा सरकारी सहकारी र निजी तीन क्षेत्रले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको छ । यसमा एउटा क्षेत्र मात्रै कमजोर भयो भने सरकारको लक्ष्य पूरा हुँदैन । तसर्थ सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न राज्यले व्यवसायिक निजी वनाएर अघि बढ्नु पर्छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा पटक पटक एकै अनुहारका मानिस दोहोरिने प्रवृतिका कारण बिर्तामोडको व्यवसायिक एकता नभएको बताएका उनले आफू संघको अध्यक्षमा निर्वाचित भएपछि बिर्तामोडको मुहार फेर्ने उनको तर्क छ । बिर्तामोडमा व्यवसाय सञ्चालन गर्ने अझैं पनि सहज वातावरण नभएको बताउने भट्टराईले आफू अध्यक्षमा निर्वाचित भएपनि नभएपनि व्यवसायिको हक हित र सहज व्यवसाय सञ्चालनको लागि हरदम व्यवसायीकै पक्षमा लाग्ने अठोट लिएका छन् ।

बिर्तामोडमा अहिले देखिएको सवै खाले समस्याको हाल गर्ने र पार्किङ, सार्वजनिक सौचालयको समस्या हटाउन आफ्नो अहम भूमिका रहने भट्टराईको भनाई छ ।

व्यवसायबाट नै नागरिकको आर्थिक ,रोजगारी, समृद्धि लगायतको व्यवस्थापन गर्न सकिने भट्टराईको भनाई छ ।
पाँचथरमा लामो समयसम्म व्यवसाय सञ्चालन गरेका उनले झापामा पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय बिर्तामोडमा सफल युवा व्यवसायिको रुपमा उनले आफ्नो नाम सुरक्षित गरेका छन् ।

भेषराज भण्डारी ‘प्रशान्त’

बिर्तामोडमा रहेको महेन्द्र –रत्न स्टोर्सका (सामसुङ प्लाजा)का सञ्चालक भेषराज भण्डारी ‘प्रशान्त’ झापा अर्जुनधारा –५ चारपाने ऊँ चोकका स्थायी वासिन्दा हुन् । वि.स. २०३० सालमा पिता महेन्द्रबहादुर भण्डारी र माता रत्नकुमारी का पुत्ररत्न प्रशान्त २०५१ सालबाट व्यवसायमा प्रवेश गरेका हुन् । आफैंमा केही गर्नु पर्छ भन्ने सोच बोकेका भण्डारी खेल प्रेमी हुन् । तर, खेल क्षेत्रमा लाग्दा सधै खर्चको अभाव भएपछि उनी व्यवसायमा लागेका हुन् ।

कराँतेको पूर्व अन्तराष्ट्रिय खेलाडी भण्डारी अन्राष्ट्रिय रेफ्री पनि हुन् । जेसीजको पूर्व राष्ट्रिय उपाधयक्ष समेत बनेका भण्डारी बीरता जेसीजका पूर्व अध्यक्ष हुन् । मानवीय सेवाका काम गर्ने संस्था रोटरी इन्टरनेशनलको रोटरी क्लव अफ बिर्तामोड मिटटाउनको अध्यक्ष , नेपाल भारत मैत्री संघको आजीवन सदस्य, नेपाल रेडक्रसको आजीवन सदस्य, कनकाई आर्यघाटको आजीवन सदस्य, क्ष्तििज युवा समाजको संस्थापक सदस्यसहित थुप्रै सामाजिक संघ संस्थामा छन् उनी ।

खेलकुद र भ्रमणमा रुची राख्ने उनले २४ वढी राष्ट्रको भ्रमण गरेका छन् । भारत, चीन, इटाली, अष्टे«लिया,इन्डोनेसिया,जापान, कोरिया,स्वीजरल्याण्ड, यूके, हंकङ लगायतका देशको भ्रमण गरेका छन् भण्डारीले । व्यवसाय क्षेत्रमा समस्या ग्रस्त देख्ने भण्डारीले नेपालमा व्यवसायिक वातावरण नै नभएको बताएका छन् । यो विषयमा राज्य र स्थानीय निकाय नै जिम्वेवार छैनन् । राज्यले दिनु पर्ने सेवा सुविधाका विषयमा राज्य गम्भीर नहुने ठूलो मस्या छ ।

राज्यमा व्यवसायिक नीतिको समस्या, घरभाडामा समस्या, करको समस्या,अस्वस्थ्य प्रतिष्पर्धाको समस्याले व्यवसायी अहिले पनि सहज रपमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन ।
आफू व्यवसायीको नेता भएकाले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा आफू निर्वाचित हुने उनको तर्क छ । व्यवसायीको हितमा काम गरेको आधार नै आफ्नो जित्ने आधार हो भण्डारी भन्छन्– सह सचिव , महासचिव हुँदै व्यवसायीको काम गरेकाले म यो पटक चुनाव जित्छु । व्यवसायीको विश्वास नै मेरो जित्ने आधार हो । व्यवसायीले मलाई जिताउनु हुन्छ ।

बिर्तामोडलाई व्यवसायिक हव बनाउने सोच बोकेका भण्डारी आफैंमा युवा पुस्ताका सफल व्यक्तिका रुपमा चिनिदै आएका छन् । विभिन्न संघ संस्थामा काम गरेको अनुभव र आफूमा भएको क्षमताकै कारण आफूले अध्यक्षको पद हात पार्ने उनको तर्क छ ।

पार्वता खरेल विमली

बिर्तामोड नगरपालिका – ५ स्थायी घर भएकी पार्वता खरेल विमली महिला उद्यमी हुन् । ओम साई धनलक्ष्मी फर्मको सञ्चालक विमलीले अलैंचीको निर्यात गर्दै आएकी छिन् । भीम प्रसाद र पवित्रा खरेलकी पुत्री पार्वताका श्रीमान् ओमकृष्ण विमली समेत व्यवसायी हुन् । ८ मंसीर २०२८ सालमा ताप्लेजुङको साविक थेचम्वू गाविसमा जन्मिएकी उनले आइएसममको अध्ययन गरेकी छिन् । २०४६ सालमा विवाह गरेकी विमलीका दुई छोरी र एक छोरा छन् ।

२०४६ सालमा विवाह भएपछि उनले विमलीको घरमा पुगेलगत्तै व्यपार सम्हालेकी थिइन् । श्रीमान् व्यवसायी भएकै नाताले व्यपार सम्हाल्नु उनको कर्तव्य पनि थियो । श्रीमान र घर परिवारको प्रेरणाले नै व्यवासयमा दरिएकी विमलीले शुरुका वर्षमा कपडा र किरानाको आइटमलाई हेरेकी थिइन् ।

अहिले विभिन्न सामाजिक संघ संस्थामा रहेर अलैचीलाई नै मुख्य व्यवसाय वनाएकी छिन् उनले । बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडको महिला उपाध्यक्ष सहित नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्ष रहेर काम गरिरहेकी छिन् विमलीले । उनी विभिन्न संघ संस्था र टोल समितिमा रहेर पनि काम गर्दै आएकी छिन् ।

समाजसेवालाई रुची राख्ने विमलीले १५ वढी देशको भ्रमण गरेकी छिन् । युरोप, जापान, अस्टेलिया, दुवई सहित विभिन्न राक्ष्टमा व्यपारकै सिलसिलामा पुगेकी छिन् उनी । व्यवसायिक क्षेत्रमा धेरे खाले समस्या देख्ने विमलीले सम्भावना पनि उृत्तिकै देखेकी छिन् । कर र भ्याटका विषयमा राज्यले व्यवसायीलाई वुझाउन नसक्दा धेरे व्यवसायी झमेलामा पस्ने गरेको उनको भनाई छ । धेरै युवा विदेश पलायन भएका छन् तर यही व्यवसय गर्ने हो भने धेरैलाई राम्रो हुने उनको तर्क छ । युवालाई विदेश पलायन भन्दा स्वदेशमा नै सृजनशील व्यवसाय गर्न उनको सुझाव छ ।

२०७४ सालमा वाणिज्य संघमा महिला उपाध्यक्षका लागि उम्मेद्वार दएकी उनले त्यसताका निर्वाचन जितेसंगै उनी अहिले अध्यक्षको प्रत्यासी उम्मेद्वारको रपमा उभिएकी छिन् ।
विर्तामोड उद्योग वाणिज्य संघमा ४० वर्षे इतिहासमा महिलाको उम्मेद्वारी नपरेको भन्दै उनले यस पटक महिलाले नेतृत्व गर्ने बताइन् । नेपालकै व्यपारिक केन्द्रका रुपमा हेरिएको बिर्तामोडमा महिलाले अहिले सम्म नेतृत्व नगरेकाले यस पटक आफूले नेतृत्व गर्ने उनको दावी छ । महिलालाई मातृ शक्तिका रुपमा विर्तामोडका व्यवससयीले आफूलाई यस पटक मतदान गरेर जिताउनेमा म ढुक्क छु विमलीले भनिन्– ४० वर्षे इतिहास महिला अध्यक्ष बनेर म आफैं इतिहास रच्ने दाउमा छु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मरीच, केराउ, छोकडा र सुपारीको प्रतिवन्ध फुकुवा
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
अदुवाको भाउ घटेपछि किसानमा निराशा
काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाललाई