महिला लिगः आर्मीसँग वालिङ र पुलिससँग विराटनगर भिड्ने


काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी ७ खेलमा १६ अंक जोडेको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा स्पोर्टस् अवार्ड २०७६ : मनोनयन सार्वजनिक
विश्वकप छनोट : नेपाल र चाईनिज ताइपेइबीचको खेल स्थगित
राष्ट्रिय महिला लिग : एपीएफ र चन्द्रपुर खेल्दै
आर्मीसँग १२–० ले हार्‍याे चौदण्डीगढी, शर्मिला थापाले गरिन् पाँच गोल