मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु


मलेसिया । मलेसियामा प्रतिमहिना औषतमा २३ नेपाली नेपाली मृत्यु भएको पाइएको छ ।

मलेसियामा प्रति महिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन् ।

धेरैजसो आत्महत्याका घटना छन् । गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए ।

गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको थियो । द्वतीय सचिव कार्कीले दिएको जानकारी अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन् । सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए । सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो ।

मलेसिया अझै २२ नेपालीको शव स्वदेश पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु