आर्मीसँग १२–० ले हार्‍याे चौदण्डीगढी, शर्मिला थापाले गरिन् पाँच गोल


काठमाण्डाै । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलले हराएको छ ।  

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा चौदण्डीगढीलाई १२ गोलले हराउने क्रममा आर्मीकी शर्मिला थापा एक्लैले पाँच गोल गरिन् । शर्मिलाले खेलकाे सात, १३, २३, २९ र ३८ औँ मिनेटमा गाेल गरिन् ।

यस्तै सपना लामाले खेलकाे ८७ र दाेस्राे हाफकाे इन्जुरी समयमा गाेल गर्दा कप्तान अञ्जली वाइबाले आठ, हेमा चौधरीले तीन, विमला चौधरीले ३०, विमला विकले ४८ र रश्मी घिसिङले ८४ औँ मिनेटमा एक/एक गोल गरे । 

याे जितसँगै आर्मी ६ खेलमा १३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ । चौदण्डीगढीले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा स्पोर्टस् अवार्ड २०७६ : मनोनयन सार्वजनिक
विश्वकप छनोट : नेपाल र चाईनिज ताइपेइबीचको खेल स्थगित
राष्ट्रिय महिला लिग : एपीएफ र चन्द्रपुर खेल्दै
महिला लिगः आर्मीसँग वालिङ र पुलिससँग विराटनगर भिड्ने