प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी



काठमाडौं ।
 प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षतामा रहेको बताएउनु भएको छ ।

प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले जनसमुदायमा रहेको विश्वसनियतालाई स्थापित गराउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो।

प्रदेश प्रमुख अधिकारीले आयोगमार्फत हुने कार्यहरु ज्ञान, बुद्धि, विवेक, सीप र बौद्धिकताको उचित प्रयोग गरी राष्ट्रिय समृद्धिका लागि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोग सबैका लागि र सधैँका लागि विश्वासिलो, निष्पक्ष, तटस्थ र पारदर्शी बनी रहोस् भन्नुभयो। प्रदेश प्रमुख अधिकारीले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिकाको विमोचन गर्नुभयो ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, आयोगका सदस्य सजना दाहालले सर्वसाधारणमा आयोगप्रतिको विश्वासलाई सदैव कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगका सदस्य टीकादत्त राईले आयोगले एक वर्षको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधारामा ‘एक साँझ शिवका माझ’
झापा गाउँपालिकाका कृृषकहरु मकै खेतीमा आकर्षित
सुनसरीमा बोलेरोको ठक्करबाट एक व्यक्तिको मृत्यु
सवारी चालक अनुमतिपत्र नवीकरण इलामबाटै