शुक्रबारबाट झापामा ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने


बिर्तामोड । कोभिड १९ को खोप नेपाल भित्रीएसंगै चलचित्रकर्मी पुःन जुर्मुराएका छन । करिब १० महिना देखी ठप्प भएको नेपाली चलचित्र उद्योग पुन उठ्ने प्रयासमा जुटेको छ । शुक्रबारबाट झापा लगायतका पुर्वी जिल्लाहरुमा नेपाली चलचित्र खतरनाक क्यारेङग्याङ सुटिङ हुने भएको छ ।

प्रथम लिम्बुवान महिला निर्देशक हिमाली लिङदेन द्वारा उक्त चलचित्र निर्देशन गरीने भएको छ । प्रथम लिम्बु समुदायकी निर्देशक लिङदेन बिर्तामोड निवासी हुन् । एस एस इन्टरनेश्नल फिम्स प्रा.लीको ब्याँनरमा निर्माण हुने चलचित्रका प्रस्तुत कर्ता भुपेन्द्र लिङदेन मन्त्री रहेका छन् । सो चलचित्रको कथा,पट कथा सम्बाद उदय सुब्बाको रहने निर्देशक लिङदेनले बताइन । चलचित्रको मुख्य सहायक निदेशकमा बिश्वराज लिम्बु र अनुराग कटटेल रहने छन । २ ओटा गीत समावेश गरीने चलचित्रमा संगित विकास चौधरीको रहेको छ ।

द्वन्द राजु किराती र नृत्य निर्देशक दिनेस पाख्रिन र ज्ञानु सुब्बाले गर्ने छन् ।चलचित्र व्यावसायिक रहेको लिङदेनको भनाई छ । अहिलेको नेपाली समाजमा भईरहेका विकृती र विसंगती बिरुद्वमा तयार पारिएको चलचित्र एक्सन प्रदान हुने जानकारी दिएको छ । यस अघी बनेको क्यारेङग्याङ चलचित्र सुपरहिट बने पछी खतरनाक क्यारेङग्याङ चलचित्र बन्न लागेको हो ।

चलचित्रमा कलाकार गौरव पहारी, अनुप याक्सो, भुपाल बुढाथोकी, रमा लिम्बु, सन्तु मगर, बिश्व मुखिया, जिवन लिम्बु, गजेन्द्र तामाङ , भिष्म ओली, रबिना प्रधान, पुष्प बराल आदीको अभिनय रहने छ । साथमा उदय सुब्बालाई विषेस भुमिकामा देख्न पाईने छ ।

आधुनिक प्रविधीका सबै उपकरण प्रयोग गरी निर्माण गरीने चलचित्रमा करीब ६० लाख रुपैया खर्च हुने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन मन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुधबारे जेसीजद्वारा लागूऔषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न
सिके प्रसाईंको स्मृति दिवसमा देवी माविलाई ५० हजार सहयोग
फाकफोकथुममा आधारभूत स्वास्थ सेवा केन्द्रको भवन उद्घाटन
सीतारमेश बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा पोख्रेल र तिवारीको उम्मेद्वारी