प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल


काठमाडौँ । नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिशोध साँध्ने योजनाका साथ अघि बढेको बताएका छन् ।

दरबारमार्गस्थित एक होटलमा बुधबार बिहान सम्पादकहरुसँग भएको छलफलमा अध्यक्ष नेपालले ओलीले आफूसहित प्रचण्डलाई जेल हाल्ने योजनाकासाथ अघि बढेको बताएका छन् ।

प्रचण्डलाई माओवादीका पूर्वलडाकूका नामको रकम र नेपाललाई ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा अघि बढ्न सक्ने चर्चा भइरहँदा नेपालले आफूहरू दुबै जनालाई जेल हाल्ने प्रपञ्च भएको बताएका हुन् ।

बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर, यो पक्ररण नेपाल प्रधानमन्त्री हुँदा नै अघि बढ्दा पनि उनीविरूद्ध भने मुद्दा लागेको थिएन ।

पूर्वलडाकूका नाममा भएको भनिएको घोटलाको विषय अख्तियारले उठाउन खोज्दा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की नै पदच्यूच भएका थिए । त्यसयता यो विषय पनि अख्तियारले छानविन अघि बढाएको छैन ।

अन्तरक्रियाको अधिकांश समय ओलीको आलोचना गरेका नेपालले भने,’मलाई कलेजमा पढ्ने ठेट्नो केटो भनेपछि कति पोल्यो तर मैले जवाफ दिएको छैन। तर, त्यसको जवाफ दिदै गर्दा प्रहार भएजस्तो देखियो। सिस्टमको स्थापना गरेर सबैतिर लागू हुन आवश्यक रहेको छ। पार्टी विधि र पद्धतिमा चलाउने पर्छ।’

ओली गुटगत मानसिकताबाट ग्रसित भएको पनि उनले बताए । ओली थुक, वीर्य, खकार र डीएनए टेष्ट गरेर गुट बनाउन लिप्त हुने नेता भएको नेपालको आरोप छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएको छ । ओली र दाहाल-नेपाल समूह एकाअर्काविरूद्ध अहिले शक्ति प्रदर्शनमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मुख्यमन्त्री राईको पद जोगिने, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह तयार
एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल
प्रचण्ड-माधव समूहका विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा
दोस्रो शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह