प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधव नेपालले पार्टी फुटाए : ईश्वर पोखरेल



झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधवकुमार नेपालले नेकपा फुटाएको आरोप लगाउनुभएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बुधबार ओली पक्षिय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपा औपचारिक रुपमा विभाजन नभएपनि सारमा फुटिसकेको बताउनुभयो । पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगत देखि नै ठिक नभएको र माधव नेपालको कुन्ठाका कारण पार्टी अहिलेको अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।

दुई सर्त पुरा भए अझै एकताको संभावना रहेको बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा उहाँको थियो । ‘अझै पनि बुद्दि अलिकति छ भने अभियोग फिर्ता लिनुहोस्’ प्रचण्ड–माधव समूहलाई इंगित गर्दै पोखरेलले भन्नुभयो ‘एकता चाहने हो भने सरकारले विधिसंम्भत ढंगले सार्वजनिक गरेको निर्वाचनमा आउनुपर्छ ।’

यदि त्यस्तो हुन नसके पार्टीको आधिकारिकता र चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहकै हुने उहाँको दाबी थियो । उहाले भन्नुभयो, ‘पार्टीको अध्यक्ष जो हो उस्ले नेतृत्व गरेको समूहले पार्टीको नाम र चुनाव चिन्ह पाउँछ । यो अरुको हुनै सक्दैन ।’


निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा प्रचण्ड–नेपालले जनतासँग डराएर चुनाव रोक्न दवाब दिइरहेको समेत नेता पोखरेलले आरोप लगाउनुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य मणि थापा, मनकुमार गौतम लगायतले सम्बोधन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मुख्यमन्त्री राईको पद जोगिने, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह तयार
एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल
प्रचण्ड-माधव समूहका विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा
दोस्रो शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह