भुटानी शरणार्थी शिविरमा आगलागी, भाग्न नसक्दा एक जनाको जलेर मृत्यु


झापा । भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए ।

उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ ।

आगलागी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको । कसैले नियोजित रुपमा आगो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन् । आगलागी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय