बिर्तामोडमा डेरा गरि मोटरसाइकल चोर्ने गिरोह सक्रिय, १४ वटा मोटरसाइकल सहित ७ जना पक्राउ




झापा । प्रहरीले झापाको बिर्तामोडबाट मोेटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गरि सार्वजनिक गरेको छ । एउटा स्कुटी र १४ वटा मोटरसाइकल सहित ७ जनालाई पक्राउ गरि प्रहरीले मंगलबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोे हो ।

पक्राउ पर्नेमा इलामको माई नगरपालिका–२ का रोशन तामाङ, रोशन बुढाथोकी, माई–६ का रोशन गिरी, राजेश गिरी, मनिष गिरी र पाँचथर फाल्गुनन्द गाउँपालिका–३ का रोशन भनिने पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पछिल्लो समय झापाको बिर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको घट्नामा बृद्धि भएको थियो । त्यसलगत्तै प्रहरीले बिशेष टोलि बनाई खोज तलास गर्दा यति ठूलो संख्यामा चोरीका मोटरसाइकल र गिरोहमा संलग्न अभियुक्तहरु पक्राउ गरेको हो ।

अभियुक्तहरु बिर्तामाडमा डेरा गरि व्यवसायीक रुपमै मोटरसाइकल चोरी गर्दै आएको इलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मुकुन्द्र प्रसाद रिजालले बताउनुभयो । ‘चोरी गर्ने तौरतरिका एकदमै प्रोफेसनल देखिन्छ’ रिजालले भन्नुभयो, ‘त्यसैले हामीले यसलाई अपरेशन हन्र्ट नाम दिएर गिरोह सम्म पुग्ने अपरेशन गरेका थियौँ ।’

पक्राउ परेका अधिकाशं मोटरसाइकल बजाज कम्पनीको पल्सर रहेका छन् । घर तथा सार्वजनिक स्थलबाट मोटरसाइकल चोरी गरि गिरोहले झापा र इलामका ग्रामिण भेगहरुमा बिक्री गर्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय