ट्रकको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु


झापा । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

प्रहरीका अनुसार दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार ओझा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार बिहान मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए। त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ। 

त्यस्तै, सोमबार बिहान कमल गाउँपालिका ५ रतुवा पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश न २ ०३ ००१ ख २००८ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको मे १० प ३३८४ नम्बर को स्कुटीलाई ठक्कर दिएको छ। टिपरको ठक्करबाट स्कुटी चालक दमक नगरपालिका ६ बस्ने अन्दाजी ३९ बर्षीया हिमा धिताल गम्भीर घाइते भएकी छिन्।

उनको   पेट र दुवै खुट्टामा चोट लागेको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। टिपर र चालक मोरङ सुन्दर हरैँचा नगरपालिका १० बस्ने ३३ वर्षीय राजेश ऋषियासन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय