प्रदेश १ मा आंशिक बदली, जाडो बढ्ने पूर्वानुमान


झापा । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका विभिन्न भूभागमा मौसम बदली भइ जाडो बढ्ने बताएको छ ।

महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ ।

महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो
प्रदेश लोकसेवा आयोगको गरिमा संस्थाको निष्पक्षता छ : प्रदेश नं १ प्रमुख अधिकारी
झापामा मध्यावधि निर्वाचनको तयारी सुरु, चारवटा मतदान स्थल थप्ने निर्णय