झापाबाट विराटनगर आउँदै गरेका युवक बसभित्रै मृत भेटिए


विराटनगर । झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।

उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

उनका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।

बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए ।

बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सेटिङ र पूर्वयोजना अनुसार झापामा कान्तिपुर ड्राइभिङ सेन्टरको मात्रै बोलपत्र दर्ता
मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ
टिपरको ठक्करबाट झापामा किशोरीको मृत्यु
सरकारी बेवास्ताले सिद्धिचरण लोकमार्ग सधैँ जीर्ण