हिमानी ट्रस्टले बाँड्यो राहत


झापा । पूर्वराजपरिवारद्वारा सञ्चालित हिमानी ट्रस्टले झापाको भद्रपुर–२ गौरीशंकरमा राहत वितरण गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितीमा ट्रष्टले स्थानीय सिंहदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई पौष्ट्रिक खानेकुरा, ज्याकेट र स्थानीय वृद्धवृद्धा तथा अशक्तलाई सिल्पिङ्ग ब्याग वितरण गरिएको हो ।

ट्रष्टकी अध्यक्ष तथा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा तथा पूर्व नवयुवराजधिराज हृदयेन्द्र शाहले ६५ जना विद्यार्थीका लागि पौष्ट्रिक खानेकुरा र ज्याकेट, ३० घरका वृद्धवृद्धा तथा अशक्तलाई सिल्पिङ्ग ब्याग वितरण गरेका थिए । कार्यक्रममा सहभागीले पूर्वराजपरिवारका पक्षमा नाराबाजी समेत गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्रसहित उनका परिवारका सदस्यहरु २ सातादेखि झापाको दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा बस्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सेटिङ र पूर्वयोजना अनुसार झापामा कान्तिपुर ड्राइभिङ सेन्टरको मात्रै बोलपत्र दर्ता
मोरङमा शिक्षकको हत्या गर्ने विप्लव कार्यकर्ता पेस्तोलसहित पक्राउ
टिपरको ठक्करबाट झापामा किशोरीको मृत्यु
सरकारी बेवास्ताले सिद्धिचरण लोकमार्ग सधैँ जीर्ण